काठमाडौं ।
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ९९ लाख तीन हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो मुनाफा तीन करोड ३४ लाख ७१ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी १७ करोड ६१ लाख नौ हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९३ करोड ३५ लाख दुई हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब ९७ करोड तीन लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १७ करोड २० लाख ६६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको गरेको संस्थामा चार दशमलव ९१ प्रतिशत कर्जा निष्क्रिय देखिएको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ६७ करोड २३ लाख ३९ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ८१ करोड ४९ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १० करोड ६७ लाख ९९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ८७ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।