अमेरिका ।
फोर्ड मोटर कम्पनीले अमेरिकामा झण्डै छ लाख १७ हजार एक्सप्लोरर एसयूभी फिर्ता लिने भएको छ । नियामकीय निकायको आग्रहपछि कम्पनीले आफ्ना उत्पादन फिर्ता लिन लागेको हो ।
उक्त गाडीमा छत राम्ररी नकसिएको फेला परेपछि गाडी फिर्ताको आग्रह गरिएको थियो । यसअनुसार कम्पनीले सन् २०१६ देखि २०१९ सम्म बनेका गाडी फिर्ता लिनेछ । डिलरहरुले पिनहरु राम्ररी कसेर आवश्यक मर्मत गर्नेछ । फोर्ड अमेरिकाको दोस्रो ठूलो गाडी उत्पादक कम्पनी हो ।
कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै अप्रिलमा नेशनल हाइवे ट्राफिक सेफ्टी एडमिनिस्ट्रेसनले गरेको आग्रहपछि गाडी फिर्ता लिन लागेको जनाएको छ । ११ वटा रुफ रेल कभर उक्किएको रिपोर्टपछि कम्पनीलाई आवश्यक मर्मत गर्न भनिएको थियो ।