काठमाडौं ।
सेयर बजार परिसुचक पुन उकालो लागेको छ । अघिल्लो दिन २७ दसमलव ४१ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार पुन २७ दसमलव ४७ अंकले उकालो लागेर २६ सय ७३ दसमलव ३१ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दसमलव १२ अंकले उकालो लागेर चार सय ७८ दसमलव २४ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६२ हजार छ सय ५९ पटकको सेयर कारोवारमा एक करोड आठ लाख १९ हजार पाँच सय ३५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम पाँच अर्ब ८१ करोड छ लाख ७३ हजार ७१ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सबै उपसमुहको सुचक उकालो लागेर सेयर बजार पुरै हरियो भएको छ । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा लगायतका सबै उपसमुहको सुचक उकालो लागेका छन् ।