काठमाडौं ।
स्मार्ट टेलिकमले निषेधाज्ञा अवधिमा आफ्ना ग्राहकहरुलाई रिचार्जमा चार गुणासम्मको बोनस पाउने आकर्षक अफर ल्याएको छ । यस अफरअन्तर्गत प्राप्त बोनस ग्राहकहरुले स्मार्ट नेटवर्कभित्र डाटा, भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्नेछन् ।
यस कठिन परिस्थितिमा आफ्ना नजिकका परिवारजन तथा नातेदारहरूसँग नियमित सम्पर्क गर्नको लागि ग्राहकहरुले प्राप्त बोनस प्रयोग गर्नसक्ने भएकाले यस्तो अफर ल्याएको स्मार्टले जनाएको छ । बोनस ब्यालेन्स नियमित मूल्यमा काटिनेछ । यस अफर लकडाउन अवधिभर मात्र लागू हुने पनि कम्पनीले जनाएको छ ।
स्मार्ट ग्राहकहरुले स्मार्ट वेबपेजमा वा इ–पेमेन्ट पार्टनरहरु (इ–सेवा,फोन पे, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस, इनेट पे, पे प्वाइन्ट नेपाल)मार्फत निषेधाज्ञा अवधिमा सुरक्षित रही घरबाटै पनि अनलाइन रिचार्ज गर्न सक्नेछन् ।
यसभन्दा अघि स्मार्ट टेलिकमले डबल बोनस अफर ल्याएको थियो । तर परिस्थितिलाई मध्यनजर गर्दै यसपटक स्मार्टले बोनसलाई अझ डबल गरेको कम्पनीले जनाएको छ ।