काठमाडौं ।
जनउत्थान सामुदायिक लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा तीन करोड ५१ लाख ६० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड ८२ लाख १३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड ९२ लाख रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ६६ करोड ३० लाख ७८ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ९८ करोड ७८ लाख ८५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा ११ करोड ८० लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम पाँच करोड ६७ लाख २१ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ८२ प्रतिशत रहेको छ ।