काठमाडौं ।
अभियान लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा एक करोड दुई लाख सात हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५५ लाख आठ हजार रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी १५ करोड २५ लाख रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा १६ करोड ८९ लाख नौ हजार रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५१ करोड ८० लाख ५६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा चार करोड दुई लाख २९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ४५ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।