विराटनगर ।
सिद्धार्थ बैंकले कोरोना नियन्त्रण लागि प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ । प्रदेश एक सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा सिद्धार्थ बैंकको प्रदेश कार्यालयले १० लाख रुपैयाँ सहयोग गरेको हो ।
बैंकका प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीलाई सो रकम हस्तान्तरण गरेका हुन् । पछिल्लो समय प्रदेश १ सहित प्रदेशको मुख्य राजधानी विराटनगर समेतमा कोभिडका बिरामीको संख्या दैनिक बढ्दै गएको छ । कोरोना भाइरसको महामारीको जोखिम न्यूनीकरणमा केही सहयोग पुग्ने विश्वाससहित सहयोग गरेको बस्नेतले बताए ।
कार्यक्रममा सिद्धार्थ बैंक विराटनगर शाखाका प्रमुख सूर्य प्रसाद शर्मा र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव राजेन्द्र कुमार पौडेलको समेत उपस्थिति रहेको थियो ।