काठमाडौं ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सूचना अधिकारीमा राजेन्द्रलाल श्रेष्ठ र प्रवक्तामा नारायणराज अधिकारीलाई नियुक्त गरेको छ । बैंकका अनुसार करिब २२ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका राजेन्द्रलाल श्रेष्ठले स्थापनाकालदेखि नै बैंकसँग आबद्ध भई विभिन्न ओहदामा रही कार्यसम्पादन गरेको बैंकले जनाएको छ ।
भारतको पुणेस्थित सिम्बायोसिस इन्स्च्यिुट अफ बिजनेस मेनेजमेन्टबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका श्रेष्ठसँग शाखा सञ्चालन, ट्रेड प्रशासन, जोखिम व्यवस्थापन तथा कर्जा असुलीजस्ता क्षेत्रमा अब्बल दक्षता रहेको छ । हाल उनी बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतका साथसाथै कम्पनी सचिवको रूपमा समेत कार्यरत छन् ।
प्रवक्तामा नियुक्त भएका नारायणराज अधिकारीसँग करिब १७ वर्षको बैंकिङ अनुभव रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका अधिकारी शाखा सञ्चालन तथा जोखिम व्यवस्थापनमा अब्बल रहेका छन् । अधिकारीले सामान्य सेवा विभाग, मानव संसाधन विभाग, कर्जा असुली विभाग, कर्जा प्रशासन र कर्पोरेट कम्युनिकेसन विभाग समेतको जिम्मेवारी बहन गर्दै आएका छन् ।
‘भित्र सिस्टम र बाहिर इमेज’को नारालाई आत्मसात् गर्दै कार्यपथमा लम्किरहेका बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकिङ क्षेत्रमा रहेको उहाँहरूको लामो अनुभवले बैंकलाई नयाँ उचाइमा लैजाने विश्वास व्यक्त गरे ।