ढाका ।
बंगलादेशको केन्द्रीय बैंकले पूर्वप्रबन्धनिर्देशकहरुलाई स्वतन्त्र निर्देशकमा नियुक्ति गर्न नपाउने व्यवस्था लागू गरेको छ । बंगलादेश बैंकले गत बुधबारदेखि उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको बताइएको छ ।
बैंकले जारी गरेको सर्कुलरमा कुनै पनि नियमित वा सम्झौताअनुसारको बैंकको अधिकारीलाई स्वतन्त्र निर्देशक नियुक्ति गर्न नमिल्ने उल्लेख छ । बैंकहरुले प्रबन्धनिर्देशकहरु सम्झौताअनुसार चयन गर्नें गरेका छन् । धेरै बैंकहरुले पूर्वअधिकारीहरुलाई आफ्नो बोर्डमा स्वतन्त्र निर्देशक नियुक्त गर्नथालेपछि केन्द्रीय बैंकले त्यसलाई रोक्ने निर्णय गरेको हो ।
बैंक कम्पनी ऐन (द बैंकिङ कम्पनिज एक्ट)ले ती अधिकारीको स्वार्थ देखिने भन्दै यस्तो व्यवस्था गरेको हो । तर बंगलादेशी बैंकहरुले यो व्यवस्थाको उल्लंघन गर्दै आएका छन् । यो सर्कुलरअघि भने बैंकहरुले यसो गर्न पाउँथे ।