काठमाडौं ।
थप पाँच कम्पनीले संस्थागत लगानीकर्ताको रुपमा काम गर्ने अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार बुक बिल्डिङ विधिबाट सार्वजनिक निष्काशन गरिने धितोपत्रको मूल्य निर्धारणमा महत्वपूर्ण भूमिका खेल्ने योग्य संस्थागत लगानीकर्ताको संख्या वृद्धि गर्दै लैजाने क्रममा बोर्डले थप पाँच संस्थागत लगानीकर्तालाई योग्य संस्थागत लगानीकर्ताको कार्य गर्न अनुमति दिएको हो ।
अनुुमति पाउने कम्पनीहरुमा सीबीआईएल क्यापिटल लिमिटेड, सिटिजन्स म्युचुअल फण्ड–१, सिटिजन्स म्युचुअल फण्ड–२, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभभलपमेन्ट लि र कुमारी इक्विटी फण्ड रहेको बोर्डले जानकारी दिएको छ । पछिल्लोपटक थप भएका पाँच वटासँगै संस्थागत लगानीकर्ताको संख्या ८८ पुगेको छ ।