काठमाडौं ।
समता लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा छ करोड ६० लाख आठ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा तीन करोड ३८ लाख ४५ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी २२ करोड ९३ लाख ४० हजार रुपैयाँ रहेको संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ८२ करोड ७० लाख ४४ हजार रुपैयाँ निक्षेप संकलन गरी दुई अर्ब २३ करोड ७५ लाख ४० हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिम ११ करोड ६४ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार लाख चार हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात तीन दशमलव ७५ प्रतिशत रहेको छ ।