काठमाडौं ।
ग्लोबल आईएमई लघुुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २१ करोड १५ लाख ७४ हजार रुपैयाँ खुद मुनाफाा आर्जन गरेको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफाा आठ करोड ४६ लाख ६३ हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३३ करोड आठ लाख ८४ हजार रुपैयाँ रहेको फाइनान्सले चालू आवको तेस्रो त्रैमासिक अवधिमा एक अर्ब ७३ करोड ३७ लाख ६६ हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ८७ करोड २४ लाख ३३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३२ करोड ७२ लाख ९८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम चार करोड २८ लाख ४८ हजार रुपैयाँ रहेको संस्थामा दुई दशमलव ३२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले एक अर्ब ३० करोड ६८ लाख ७७ हजार रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ८९ करोड २२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १७ करोड ७० लाख ९५ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड ५८ लाख चार हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ७१ प्रतिशत रहेको थियो ।