काठमाडौं । सेयर बजार परिसुचक हालसम्म कै उच्च बिन्दुमा पुगेको छ । साताको तेस्रो कारोवार दिन मंगलबार बजार परिसुचक ३४ दसमलव ६८ अंकले उकालो लागेर २७ सय ९३ दसमलव ८९ अंकमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दसमलव ६४ अंकले उकालो लागेर चार सय ९७ दसमलव २२ अंकमा पुगेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १५ वटा कम्पनीहरुको सेयर कारोवार भएक छन् । जसबाट एक लाख १५ हजार नौ सय ६१ पटकको कारोवारमा दुई करोड ३१ लाख ३१ हजार छ सय १५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट यसदिन कुुल कारोवार रकम ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार ९२ रुपैयाँ पुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये उत्पादनमुलक उपसमुहको सुचक घटेपनि बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा सहितका उपसमुहका सुचकहरु उच्च अंकले बढेका छन् ।