काठमाडौं ।
माछापुच्छ्रे बैंकले एमबीएल केयर क्रेडिट कार्ड सञ्चालन ल्याएको छ । बैंकले आम नागरिकको स्वास्थ्योपचारमा सघाउ पु-याउने उद्देश्यले एमबीएल केयर क्रेडिट कार्ड सुविधा सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार यो सुविधाअन्तर्गत ग्राहकहरूले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछपुच्छ्रे बैंकको केयर क्रेडिट कार्ड सुविधाअन्तर्गत किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । उक्त सुविधाअन्तर्गत बैंकले ग्राहकहरूलाई १० लाखसम्मको रकम प्रदान गर्नेछ ।
बैंकको क्रेडिट कार्ड भएका ग्राहक तथा नयाँ क्रेडिट कार्ड लिएर पनि ग्राहकहरूले उक्त सुविधा लिन सक्नेछन् । हाल बैंकको क्रेडिट कार्ड नभएका तर कार्ड लिन चाहने ग्राहकहरूले बैंकको वेबसाइटमा गई आवेदन दिन सक्नेछन् ।
हालको विषम परिस्थितिमा यो सुविधाले ग्राहकहरूलाई अप्ठ्यारो पर्दा उपचारको लागि आर्थिक जोर्हा गर्न मदत पुग्ने आशा बैंकले गरेको छ । बैंकले हाल एक सय ६० वटा शाखामार्फत वित्तीय कारोबार गर्दै आएको छ ।