काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ३४ अंकले उकालो लागेको नेप्से साताको चौथो कारोवार दिन आज बुधबार भने १३ दसमलव नौ अंकले ओरालो लागेर २७ सय ८० दसमलव ८१ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव आठ अंकले ओरालो लागेर चार सय ९६ दसमलव १४ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १४ वटा कम्पनीहरुको सेयर कारोवार भएको छ । सो अनुरुप एक लाख ३२ हजार तीन सय ६९ पटकको कारोेवारमा दुई करोड ५१ लाख २१ हजार पाँच सय ५४ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम ११ अर्ब ९५ करोड ८० लाख ९७ हजार चार सय ११ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचजेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहहरु मध्ये पाँच वटा उपसमुहको सुचक उकालो लागेका छन् भने आठ वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचक उकालो लागेका छन् । बिकास बैंक, जलबिद्युत, निर्जिवन बीमा, जीवन बीमा, उत्पादनमुलक, अन्य, लघुबित्त र लगानी समुहको समुहको सुचक पनि ओरालो लागेका छन् ।