काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले ११ दशमलव ५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट हाल कायम रहेको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि शून्य दशमलव ५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीले यही जेठ चार गते जुुम एपमार्फत बसेको सञ्चालक समितिको तीन सयौँ बैठकले लाभांश वितरणसम्बन्धी उक्त निर्णय गरेको हो । सञ्चालक समितिले गरेको लाभांश वितरणसम्बन्धी निर्णय नियमनकारी निकाय बीमा समितिबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयनमा आउने कम्पनीले जानकारी दिएको छ ।