काठमाडौं ।
पत्रकार भुवन केसीलाई पितृशोक परेको छ । विगत लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय केसीका पिता नवीन कुमार केसीको ६६ वर्षको उमरेमा निधन भएको हो । पारिवारिक स्रोतले दिएको जानकारीअनुसार १५ दिनअगाडि कोरोना भाइरसको पुष्टि भए पनि केसीको सशत्र प्रहरी अस्पताल बलम्बुमा उपचार भइरहेको थियो ।
उनलाई श्वासप्रश्वासमा समस्या भएपछि भेन्टिलेसनमा समेत राखेर उपचार भइरहेको थियो । सोही क्रममा बुुधबार बिहान केसीको निधन भएको हो । विगत लामो समयदेखि व्यवसायका अलावा सामाजिक सेवामा समेत निकै सक्रिय रहेका स्वर्गीय केसी नेपालको पहिलो भेटेनरी डा. अथवा भेटनरी क्षेत्रका भीष्मपितामहको रूपमा समेत चिनिने थिर बहादुर केसी (हाल स्वर्गीय)को छोरा हुन् ।
केसीकी श्रीमती लिना केसी, दुई छोरा गौरव केसी, भुवन केसी र एक छोेरी रचना खड्का छन् । भुवन र गौरव विगत लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । उनीहरूको युवा हुुंकार राष्ट्रिय मासिक पत्रिका प्रकाशन हुँदै आएको छ । भुवन सोही पत्रिकाका सम्पादक हुन् ।