काठमाडौं ।
मुक्तिनाथ विकास बैंकको मिस्ड कल बैंकिङ सेवा सुरु भएको छ । बैंकले आफ्ना ग्राहकहरूको सुविधाको लागि मिस्ड कल बैंकिङ सेवा सञ्चालनमा ल्याएको जानकारी दिएको छ । बैंकका अनुसार ग्राहकहरूले मिस्ड कल बैंकिङ सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाहरूको बारेमा सजिलै जानकारी लिन सक्नेछन् ।
बैंकका अनुसार यो सेवाअन्तर्गत निक्षेपसँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२२ र कर्जासँग सम्बन्धित सेवाको जानकारीका लागि ९८०१११००२३ बैंकको कार्यालय समयभित्र मिस्ड कल गर्नुपर्नेछ । मिस्ड कलको केही समयमै बैंकबाट ग्राहकहरूको जिज्ञासाको लागि सोही नम्बरमा सम्पर्क गर्ने बैंकले जनाएको छ ।
यसै गरी डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । त्यसै गरी मोबाइल बैंकिङ, क्यूआर कोड स्क्यान, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरू बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको जानकारी पनि बैंकले दिएको छ ।