काठमाडौं ।
एनआईसी एसिया बैंकको डाइनामिक डेब्ट फण्डको एकाइ घरमै बसेर खरिद गर्न सकिने भएको छ । नेपालमै पहिलो पटक निश्चित आम्दानी हुने उपकरणहरूमा लगानी गर्ने मुख्य उद्देश्यका साथ सञ्चालित एनआईसी एसिया बैंक म्युचुअल फण्डअन्तर्गतको पहिलो खुलामुखी योजना एनआईसी एसिया डाइनामिक डेब्ट फण्डको एकाइहरू अनलाइनमार्फत खरिद गर्न सकिनेभएको हो ।
हाल विश्वव्यापी माहामारीको रूपमा फैलिरहेको कोरोना भाइरस दोस्रो लहरको संक्रमण देशव्यापीरूपमा दिनप्रतिदिन फैलिरहेको र उक्त संक्रमणलाई रोकथाम गर्नका लागि निषेधाज्ञा जारी गरिएको अवस्थामा उक्त योजनाको एकाइ लगानीकर्ताहरूले सहजैरूपमा खरिद गर्ने अवसर प्राप्त होस् भन्ने मुख्य उद्देश्यका साथ एनआईसी एसिया क्यापिटलले अनलाइनमार्फत एनआईसी एसिया डाइनामिक डेब्ट फण्डको एकाइ खरिद गर्नसकिने व्यवस्था मिलाएको जनाएको छ ।
अनलाइनमार्फत उक्त डेब्ट फण्ड योजनाको एकाइ खरिद गर्नको लागि एनआईसी एसिया क्यापिटलको वेबसाइटमा गई रितपूर्वक विवरण भरी योजनाको एकाइ खरिद गर्न सकिनेछ । हाललाई एकाइ खरिदबापतको रकम भुक्तानी गर्नको लागि एनआईसी एसिया बैंक लिमिटेडको अनलाइन सेवा, कनेक्ट आईपीएस र खल्ती डिजिटल वालेटमार्फत गर्न सकिनेछ । यस सम्बन्धमा थप जानकारी आवश्यक परेमा क्यापिटलको आधिकारीक मोबाइल नं. ९८५११२१९६४ मा सोझै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।