काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आयोजित पत्रकारसँंगको अन्तर्क्रियामा निर्वाचनअगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिएका हुन् । प्रधानमन्त्रीका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आगामी कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी छिन् ।