काठमाडौं । महिला सहयात्रा लघुुवित्त वित्तीय संस्था नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थासँग प्राप्तिमा जाने भएको छ । सोहीसम्बन्धी प्रस्ताव पारित गर्नको लागि संस्थाले यही जेठ २५ गते विशेष साधारणसभाको आह्वान गरेको छ ।

महिला सहयात्रा लघुुवित्तका अनुसार प्राप्तिसम्बन्धी प्रक्रियामा जानको लागि नेशनल माइव्रmोफाइनान्सको ६८ कित्ता सेयरबराबर महिलाको एक सय कित्ता सेयरको स्वाप रेसियो कायम गरिएको छ ।