काठमाडौं, माघ २
सेयर बजार परिसूचक उकालो लागेको छ । साताको चौथो कारोबार दिन बुुधबार बजार परिसूचक २० दशमलव ८५ अंकले उकालो लागेर १२ सय ८४ दशमलव २३ अंकमा चढेको छ । ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि चार दशमलव ६८ अंकले उकालो लागेर दुुई सय ७८ दशमलव ९७ अंकमा चढेको छ । यसदिन कुुल एक सय ७७ वटा कम्पनीहरूको कारोबार भएका छन् । जसअनुुसार १० हजार सात सय तीनवटा कारोबारमा ३० लाख ५५ हजार दुुई सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा कारोबार रकम ९० करोड ४८ लाख १३ हजार नौ सय ३२ रूपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसअनुुसार नौवटा समूहको सूचक उकालो लागेका छन् भने तीनवटा समूहको सूचक ओरालो लागेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक २७ दशमलव १६ अंकले उकालो लागेर ११ सय ४३ दशमलव ९२ अंकमा चढेकोमा विकास बैंक समूहको सूचक पनि ३५ दशमलव ४२ अंकले उकालो लागेर १७ सय ३९ दशमलव ४२ अंकमा चढेको छ । जलविद्युुत् समूहको सूचक पनि चार दशमलव २९ अंकले उकालो लागेर एक हजार २७ दशमलव ३४ अंकमा चढेकोमा फाइनान्स समूहको सूचक पनि २० दशमलव १२ अंकले उकालो लागेर छ सय ३८ दशमलव ४६ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि २३ दशमलव ६३ अंकले उकालो लागेर पाँच हजार एक सय दुुई दशमलव ३५ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि ८१ दशमलव सात अंकले उकालो लागेर छ हजार चार सय ५८ दशमलव १८ अंकमा चढेको छ । यीबाहेक टे«डिङ, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः ६३ दशमलव ४७, २७ दशमलव दुुई र शून्य दशमलव शून्य छ अंकले उकालो लागेका छन् । होटल समूहको सूचक भने यसदिन तीन दशमलव ५४ अंकले ओरालो लागेर १९ सय ९२ दशमलव ४४ अंकमा झरेकोमा उत्पादनमूलक समूहको सूचक पनि १६ दशमलव छ अंकले ओरालो लागेर २४ सय १२ दशमलव ५० अंकमा झरेको छ । यसैगरी अन्य समूहको सूचक पनि शून्य दशमलव ८४ अंकले ओरालो लागेको छ ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा विशाल बजार कम्पनी परेको छ । उक्त कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९८ पैसाले बढेर २१ सय १६ रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको रिलायन्स फाइनान्सको प्रतिकित्ता सेयर मूल्य नौ रूपैयाँ ९२ पैसाले बढेर एक सय ३३ रूपैयाँमा कारोबार भएको छ । यीबाहेक आईसीएफसी फाइनान्स, एनआईसी एसिया बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको रैराङ हाइड्रोपावर कम्पनीको सेयर मूल्य सात रूपैयाँ २७ पैसाले घटेर एक सय दुुई रूपैयाँमा कारोबार भएको छ । दोस्रो स्थानमा परेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडको प्रतिकित्ता सेयर मूल्य तीन रूपैयाँ ४८ पैसाले घटेर ११ सय २० रूपैयाँमा कारोबार भएको छ । यीबाहेक शिवम् सिमेन्ट, सेन्ट्रल फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन बढी रकम कारोबार गर्ने कम्पनीहरूको सूचीमा एनआईसी एसिया बैंक पहिलो स्थानमा परेको छ । उक्त बैकको प्रतिकित्ता चार सय ७२ रूपैयाँ अन्तिम मूल्यमा सात करोड ४० लाख ७४ हजार सात सय ७० रूपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको एनएमबी बैंकको प्रतिकित्ता तीन सय ६७ रूपैयाँ अन्तिम मूल्यमा तीन करोड १८ लाख ८२ हजार आठ सय २० रूपैयाँको सेयर किनबेच भएको छ । यीबाहेक नेपाल बैंक, नागरिक लगानी कोष आदिको पनि बढी रकम कारोबार भएका छन् ।