काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन बजार परिसुचक एवं कारोवार रकम बढेर नयाँ रेर्कड कायम भएकोमा साताको दोस्रो कारोवार दिन आज सोमबार बजार परिसुचक ४५ दसमलव २५ अंकले ओरालो लागेर २७ सय ८२ दसमलव ६८ अंंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ५८ अंकले ओरालो लागेर पाँच सय दसमलव ४७ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट एक लाख ४८ हजार सात सय १५ पटकको कारोवारमा तीन करोड आठ लाख ८८ हजार छ सय ९५ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम १३ अर्ब ९० करोड ९१ लाख १३ हजार दुई सय ९१ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा कारोवार भएका कुल उपसमुह मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक सामान्य अंकले बढेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, सहितका १२ वटा समुहको सुचक उच्च अंकले घटेका छन्।