काठमाडौं ।
एनएलजी इन्स्योरेन्स कम्पनीले १० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार सोमबार बसेको सञ्चालक समितिको तीन सय २२औं बैठकले गत आर्थिक वर्षको खुद मुनाफाबाट हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब नौ करोड ६३ लाख ७५ हजार पाँच सय रुपैयाँमध्येबाट १० करोड ९६ लाख ३७ हजार पाँच सय ५० रुपैयाँ बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।
उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि शून्य दशमलव ५२ प्रतिशत अर्थात् ५७ लाख ७० हजार तीन सय ९७ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने घोषण गरेको छ । लाभांश वितरणसम्बन्धी उक्त प्रस्ताव बीमा समितिको स्वीकृती एवं कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।