काठमाडौं ।
सेयर बजार परिसुचक पनि उकालो लागेको छ । सुरुवाती कारोवार दिन बढेर त्यसपछिको दुई दिन लगातार ओरालो लागेको बजार परिसुचक साताको तेस्रो दिन आज बुधबार भने पुन ५५ दसमलव ७६ अंकले उकालो लागेर २८ सय २७ दसमलव १२ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि सात दसमलव ८३ अंकले उकालो लागेर पाँच सय पाँच दसमलव १५ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय १९ वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट कुल एक लाख १४ हजार दुई सय १६ पटकको कारोवारमा दुई करोड २६ लाख १३ हजार २९ कित्ता सेयर किनबेच भएका छन् । जसबाट आज कुल कारोवार रकम ११ अर्ब ३५ करोड १८ लाख १५ हजार तीन सय ५६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहहरु मध्ये सामुहिक लगानी कोष उपसमुहको सुचक ओरालो लागेपनि बाँँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचक भने उकालो लागेका छन् ।