काठमाडौं, माघ ३ प्रभुु इन्स्योरेन्स कम्पनीमा प्रमुुख कार्यकारी अधिकृत सञ्चित बज्राचार्यको कार्यकाल थप भएको छ । कम्पनीका अनुसार प्रमुुख कार्यकारी बज्राचार्यको चार वर्षीय कार्यकाल यही पुुस २९ गते समाप्त भएको थियो । सोपश्चात् कम्पनीले यही माघ एक गतेदेखि नै कार्यान्वयनमा आउने गरी प्रमुुख कार्यकारी बज्राचार्यको कार्यकाल आगामी चार वर्षको लागि थप गरेको हो । लामो समयदेखि प्रभुु इन्स्योन्समा आबद्ध रहेका बज्राचार्यले त्रिभुुवन विश्वविद्यालयबाट एमबीए गरेका छन् । बज्राचार्यसग विभिन्न क्षेत्रमा २५ बर्ष काम गरेको अनुुभव रहेको छ  ।