काठमाडौं ।
सेयर बजार परिसुचक उकालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार बजार परिसुचक ३८ दसमलव ३२ अंकले उकालो लागेर २९ सय ८३ दसमलव १० अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ११ दसमलव ५४ अंकले उकालो लागेर पाँच सय ३९ दसमलव ४१ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट एक लाख ८२ हजार चार सय ३० पटकको कारोवारमा तीन करोड ७० लाख ७६ हजार चार सय ३९ कित्ता सेयर खरिद बिक्री भएका छन् । उक्त परिमाणामा सेयर खरिद बिक्री हुंदा कारोवार रकम १९ अर्ब ५५ करोड एक लाख ६६ हजार छ सय ३६ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्स) मा आज कारोवार भएका कुल उपसमुह मध्ये सात वटा उपसमुहको सुचक उकालो लागेका छन् भने छ वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, होटल तथा पर्यटन, उत्पादनमुलक र लगानी उपसमुहरुको सुचक उकालो लागेका छन् भने निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुबित्त र सामुहिक लगानी कोष समुहहरुको सुचक भने ओरालो लागेका छन् ।