अमेरिका ।
आर्कर एभिएसन कम्पनीले पहिलो विद्युतीय उड्ने कार बनाउने भएको छ । कम्पनीले सन् २०२४ मा व्यावसायिक रुपमै सार्वजनिक गर्ने गरी उड्ने कार बनाउने बताएको हो ।
कम्पनीले यसको प्रारुप सार्वजनिक गर्दै उक्त कार कसरी उडान भर्छ भन्ने भिडियो अनावरण गरेको छ । क्यालिफोर्नियास्थित एयरक्राफ्ट उत्पादक कम्पनीले आफ्नो एक्सआर प्रविधि विस्तार गर्दै दुई यात्रु बस्न मिल्ने कार बनाउन लागेको हो । यसले सजिले उड्न र अवतरण गर्न सक्ने बताइएको छ । यसको नाम भने मेकर दिइएको छ ।
आर्करका बजार तथा सञ्चार प्रमुख लुइस ब्रिस्टोले आर्कर एउटा ठूलो र सक्षम कम्पनी भएकाले यो कोशेढुंगामा पुगिछाड्ने बताए । कम्पनीले सन् २०२४ मा चार जना बस्न मिल्ने उड्ने कार बनाउने लक्ष्य राखेको छ ।