काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ९५ करोड ५९ लाख ६८ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा भने संस्थाले ५९ करोड ७८ लाख ९० हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब ८३ करोड रुपैयाँ रहेको संस्थाले चालू आवको तेस्रो त्रैमासिक अवधिमा २१ अर्ब ८२ करोड १७ लाख छ हजार रुपैयाँ निक्षेप संकलन गरी २६ अर्ब ४२ करोड २६ लाख ६३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ५२ करोड ६९ लाख ५७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम दुई करोड १५ लाख ४६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात शून्य दशमलव ५५ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा संस्थाले १८ अर्ब सात करोड २३ लाख ५३ हजार रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब ३७ करोड ४० लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब २६ करोड २९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा शून्य दशमलव ४१ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो ।