काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ४२ अंकले उकालो लागेको बजार परिसुचक साताको तेस्रो कारोवार दिन आज मंगलबार भने तीन दसमलव ७२ अंकले ओरालो लागेर तीन हजार २२ दसमलव १० अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स भने आज शुन्य दसमलव २५ अंकले उकालो लागेर पाँच सय ५० दसमलव २६ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २६ वटा कम्पनीहरुको कारोवार भएका छन् । जसबाट एक लाख ६४ हजार सात सय ९० पटकको कारोवारमा तीन करोड नौ लाख ४८ हजार आठ सय ५३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार सात सय ३९ रुपैयाँको सेयर कारोवार भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुह मध्ये आठ वटा उपसमुहको सुचक ओरालो लागेका छन् भने पाँच वटा उपसमुहको सुचक उकालो लागेका छन् । जसमध्ये बाँणिज्य बैक, बिकास बैंंक, जलबिद्युुत, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, फाईनान्स र लघुुबित्त समुहको सुचक ओरालो लागेका छन् भने होटल तथा पर्यटन, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक भने उकालो लागेका छन् ।