काठमाडौं ।
सिर्जना फाइनान्सको १३ दशमलव ५९ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार साताको अन्तिम कारोबार दिन बिहीबार उक्त संस्थाको ११ लाख ५९ हजार नौ सय ५० दशमलव १७ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
पछिल्लो पटक प्रतिकित्ता दुई सय १० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने दुई अर्ब दुई करोड २४ लाख २६ हजार चार सय २० रुपैयाँ पुगेको छ । नेप्सेका भने कम्पनीको प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको ९६ करोड ३० लाख २० हजार दुई सय रुपैयाँबराबरको ९६ लाख ३० हजार छ सय दुई कित्ता सेयर सूचीकृत रहेको छ ।