काठमाडौं ।
नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी)ले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका अनुसार नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वामित्वमा रहेको आफ्नो संस्थापक समूहअन्तर्गतको नौ लाख कित्ता सेयर बिक्री गर्न लागिएको हो ।
संस्थाले जारी गरेको सूचनाअनुसार उक्त संस्थापक सेयरको प्रतिकित्ता न्यूनतम मूल्य एक सय ४० रुपैयाँ तोकिएको छ । संस्थापक सेयर बोलकबोलको माध्यमबाट न्यूनतम एक हजार कित्ता र अधिकतम सेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक सेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापक, अन्य कम्पनी, संघ, संस्था तथा व्यक्तिहरूले यही असार २ गतेदेखि असार १६ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौँमा आइपुग्ने गरी प्रतिकित्ता आफूले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य सिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सकिने जनाइएको छ ।