काठमाडौं, माघ ५
गुडविल फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सको मंगलबार सम्पन्न वार्षिक सभामा कम्पनीका अध्यक्ष राजाराम जोशीले आ.व. २०७५/०७६ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले निक्षेपतर्फ गत आ.व.को तुलनामा २७ प्रतिशतले वृद्धि गरी छ अर्ब ८९ करोड ५६ लाख १३ हजार सात सय ११ रुपैयाँ ८३ पैसा पु-याएको छ भने कर्जातर्फ २६ प्रतिशतले वृद्धि गरी पाँच अर्ब ९० करोड ३१ लाख २२ हाजार आनठ सय २४ रुपैयाँ ५८ पैसा पु-याएको जानकारी दिएको छ । सस्थाका अध्यक्ष राजाराम जोशीले प्रस्तुत गरेको आ.व. २०७५।०७६ को आय व्यय विवरण तथा उक्त आ.व.को नाफाबाट १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
सो अवसरमा सस्थाका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले संस्थाले सात वर्ष अवधिको १२ प्रतिशत ब्याजदरमा ६÷६ महिनामा ब्याज भुक्तानी हुने गरी प्रतिडिबेन्चर एक हजार रुपैयाँका दरले कुल २५ करोड रुपैयाँ बराबरको दुई लाख ५० हजार कित्ताको दरमा १२ प्रतिशत गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ निष्काशन गर्ने प्रक्रियामा रहेको जानकारी दिएका छन् । हाल १६ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले आगामी दिनमा उपत्यकाभित्र तथा बाहिर थप शाखा तथा एक्सटेन्सन काउण्टर विस्तार गरी सेवा विस्तार गर्ने लक्ष्य लिएको छ ।
विगत २५ वर्षदेखि आफ्नो सेवा प्रदान गर्दै आइरहेको फाइनान्सले वित्तीय कारोबारका अतिरिक्त आफनो संस्थागत सामाजिक उत्तरदायित्वलाई पनि त्यत्तिकै प्राथमिकताका साथ निर्वाह गर्दै आइरहेको छ । यसैअन्तर्गत आईएम एमबीए नामक वित्तीय साक्षरता कार्यक्रमलाई आफ्ना शाखा रहेका र नरहेका क्षेत्रमा समेत सञ्चालन गर्दै आइरहेको छ । सभाले आगामी चार वर्षका लागि नयाँ सञ्चालक समितिको गठन गरेको छ । यसअन्तर्गत संस्थापक सेयरधनीहरुको तर्फबाट सुधिरमान मास्के, दिलीपकुमार मुनकर्मी, जेनी जोशी (महिला सञ्चालक) तथा सर्वसाधारण सेयरधनीहरुका तर्फबाट विश्वप्रकाश साखः, पशुपतिभक्त श्रेष्ठ, रमेश मल्ल निर्विरोध निर्वाचित भएका छन् ।