काठमाडौं, माघ ५
नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक पटक ठुलो परिमाणमा दाबी भुक्तानी गरेको छ । कम्पनीले विर्तामोड झापास्थित होटल ग्राण्ड प्यासिफिकमा एक कार्यक्रम आयोजना गरी स्व. इन्द्र प्रसाद दंगालको मृत्यू दावी भुक्तानी गरेको हो । स्व. इन्द्र प्रसाद दंगालले २०७६ असार ३१ गते ५० लाखको दोहोरो दुर्घटना लाभसहितको १६ वर्षे अमृत वर्षा जीवन बीमालेख खरिद गरेकोमा २०७६ साल कार्तिक ४ गते निजको दुर्घटना कारणबाट मृत्यु भएकोले स्व. दंगालको इच्छाइएको व्यक्ति निजको धर्मपत्नी सुष्मिता थपलिया (दंगाल) लाई उक्त कार्यक्रममा बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले बीमा दाबीबापत रकम एक करोड तीन लाख १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा उक्त दाबी आवश्यक कागजात प्राप्त भएको १५ दिनमा यथाशीघ्र फछर्योट गरिएको जानकारी बिर्तामोड शाखाका प्रमुख कमल बहादुर बुणथोकीले गराएका हुन् । कार्यक्रममा कम्पनीका एक नम्बर प्रदेश प्रमुख नरेन्द्र राई, धरान शाखा प्रमुख हरिप्रसाद खतिवडा, दमक शाखा प्रमुख सुमन कुमार राई, चीफ बिजनेस म्यानेजरहरु बन्धु कुमार निरौला, दीपा ओली लगायत विजनेश मेनेजर, अभिकर्ताहरु एवम स्व. दंगालका पारिवारिक सदस्यको उपस्थिति रहेको थियो । (आर्थिक दैनिकबाट)