काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही असार ३० गते आफ्नो २४औँ वार्षिक साधारणसभाको आह्वान गरेको हो । सभाले कम्पनीको हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब १२ लाख दुई हजार नौ सय रुपैयाँमध्येबाट ११ प्रतिशतको अनुपातमा बोनस सेयर वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीका अनुसार वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही असार १७ गतेदेखि असार ३० गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा भने २८ करोड ५४ लाख ६१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा १७ करोड ४१ लाख ३० हजार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी एक अर्ब १२ लाख २३ हजार रुपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा प्रतिसेयर आम्दानी ३८ रुपैयाँ दुई पैसा रहेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ भने दुई सय ५६ रुपैयाँ ६३ पैसा रहेको छ ।