काठमाडौं । एक अर्ब रुपैयाँ बराबरको आरबीबी म्चुचुअल फण्ड जारी हुुने भएको छ । कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरी आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड हुनेगरी आरबीबी म्यूचुअल फण्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना आरबीबी म्युचुअल फण्ड एक नामको योजनाको यही असार २३ गतेबाट बिक्री खुल्ला हुने भएको हो ।
कोषको बिक्री कार्य छिटोमा यही असार २७ गते र ढिलोमा साउन छ गते बिक्री कार्य बन्द हुनेछ । योजना व्यवस्थापकका अनुसार प्रतियुनिट १० रुपैयाँ अंकित मूल्य कायम रहने गरी १० करोड एकाइको म्चुचुअल फण्ड बिक्री हुुन लागेको हो । लगानीकर्ताहरूले न्यूनतम एक सय युनिटदेखि लिएर अधिकतम एक करोड एकाइसम्मको कोष खरिदका लागि आवेदन दिन सक्नेछन् । योजनाको परिपक्व हुने अवधि सात वर्षको हुनेछ । गत साता मात्र नेपाल धितोपत्र बोर्डले आरबीबी म्युचुअल फण्ड एकलाई निष्काशनको लागि अनुमति दिएको हो ।