काठमाडौं । तेह्रथुुम पावर लिमिटेडको १२ करोड रुपैयाँबराबरको साधारण सेयर स्वीकृत भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार उक्त कम्पनीलाई एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी १२ लाख कित्ता साधारण सेयर जारी गर्नको लागि यही असार १० गते अनुुमति प्रदान गरिएको हो ।
बोर्डका अनुसार कम्पनीले आयोजनना प्रभावित क्षेत्रका जनताको लागि उक्त अनुपातमा साधारण सेयर जारी गर्नको लागि अनुुमति दिइएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्र्रबन्धकको रूपमा भने एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । बोर्डका अनुसार उक्त कम्पनीमा संस्थापक सेयरधनी समूहको ७० प्रतिशत र सर्वसाधरण सेयरधनी समूहको ३० प्रतिशतको सेयर स्वामित्व रहेको छ ।