काठमाडौं । कृषि विकास बैंकको ऋणपत्र निष्काशनको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त भएको छ । एनआईबीएल एस क्यापिटल लिमिटेडलाई कृषि विकास बैंक लिमिटेडले सातवर्षे अवधिमा छ अर्ब कृषि ऋणपत्रको डिबेञ्चर रजिष्ट्रारका लागि नियुक्त गरिएको बैंकले जानकारी दिएको छ ।
कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन बैंकले कृषि ऋणपत्र जारी गर्न लागेको हो । उक्त सम्झौतामा कृषि विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख वित्तिय अधिकृत यज्ञ प्रकाश न्यौपाने तथा एनआईबीएल एस क्यापिटल लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले यही असार १४ गते सोमबार हस्ताक्षर गरेका हुन् ।