काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को सञ्चालक समितिको अध्यक्षमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालको सोमबार बसेको बैठकले मैनालीलाई अध्यक्षमा नियुक्त गरेको हो ।

नेप्सेका अनुसार नवनियुक्त अध्यक्ष मैनालीले सोही दिन पद बहाली गरेका छन् । सो अवसरमा अध्यक्ष मैनालीले धितोपत्रको दोस्रो बजार तथा समग्र पुँजी बजारको उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।