काठमाडौं । सेयर बजार परिसुचक पनि ओरालो लागेको छ । अघिल्लो दिन उच्च अंकले ओरालो लागेको सेयर बजार परिसुचक साताको चौथो कारोवार दिन आज बुधबार भने चार दसलव १३ अंकले ओरालो लागेर २८ सय २३ दसमलव ८७ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ३२ अंकले ओरालो लागेर पाँच सय २२ दसमलव ३७ अंकमा झरेको छ । आज १३ वटा उपमुह अन्तर्गत दुई सय २० वटा कम्पनीहरुको सेयर कारोवार भएका छन् । जसबाट ६८ हजार एक सय ९२ पटकको कारोवारमा एक करोड ६२ लाख ४८ हजार एक सय कित्ता सेयर खरिद बिक्री भएका छन् । जसअनुसार आज कुल कारोवार रकम पाँच अर्ब ८३ करोड ८५ लाख ५१ हजरा चार सय ३५ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुुल उपसमुहरु मध्ये छ वटा उपसमुहको सुचक उकालो लागेका छन् भने सात वटा उपसमुहको सुचक ओरालो लागेका छन् । जसमध्ये बाँणिज्य बैंक, जीवन बीमा, होटल तथा पर्यटन, लघुुबित्त, टे«डिङ, सामुहिक लगानी कोष र लगानी समुहहरुको सुचक पनि ओरालो लागेका छन् । बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, उत्पादनमुलक र अन्य उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।