काठमाडौं
सेयर बजार परिसुचक उकालो लागेको छ । अघिल्ला दिनहरुमा लगातार ओरालो लागेको सेयर बजार परिसुचक साताको अन्तिम कारोवार दिन आज बिहिबार १९ दसमलव १२ अंकले उकालो लागेर २८ सय ४३ अंकमा चढेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि छ दसमलव ३३ अंकले उकालो लागेर पाँच सय २८ दसमलव ७१ अंकमा चढेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ७० हजार एक सय ९८ पटकको कारोवारमा तीन करोड २८ लाख ३८ हजार नौ सय ९३ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम छ अर्ब ७० करोड ७७ लाख ७५ हचार चार सय ८४ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुृहरु मध्ये निर्जिवन बीमा उपसमुहको सुचक ओरालो लागेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, जीवन बीमा, ट्रेडिङ, होटल तथा पयर्टन, उत्पादनमुलक, अन्य, लघुबित्त, सामुहिक लगानी कोष र लगानी उपसमुहहरुको सुचक भने उकालो लागेका छन् ।