ओटावा ।
अप्रत्याशित रुपमा तापक्रम बढ्दा क्यानडामा दर्जन बढीको मृत्यु भएको छ । शुक्रबारयता अत्यधिक गर्मीका कारण एक सय ३० भन्दा धेरैको मृत्यु भएको भ्यान्कुवर प्रहरीले जनाएको छ । मर्नेमा धेरै वृद्धावस्था र स्वास्थ्य समस्या भएकाहरु छन् । मंगलबार लगातार तेस्रो दिन उच्च तापक्रमको कीर्तिमान बन्ने क्रममा ब्रिटिस कोलम्बियामा ४९.६ सेल्सियस तापक्रम पुगेको बीबीसीले जनाएको छ । त्यस्तै अमेरिकाको उत्तरपश्चिम क्षेत्रमा पनि कीर्तिमानी रुपमा तापक्रम बढ्नुका साथै मृत्यु पनि बढेको बताइएको छ ।
विज्ञहरुले जलवायु परिवर्तन अझै वृद्धि हुने बताएका छन् । यसको परिणाम तातोहावा चल्नेलगायतका वातावरणीय प्रभाव पर्ने बताइएको छ । यसले जलवायु परिवर्तनको समस्या झनै गहिरिएको अनुमान गरिएको छ । अमेरिकी राज्य क्यालिफोर्नियाबाट आर्कटिक क्षेत्रमा तातो हावा वहने हुँदा क्यानडा र अमेरिकाका विभिन्न क्षेत्रमा तापक्रम वृद्धि भएको बताइएको छ । आइतबार अघिसम्म क्यानडामा ४५ डिग्री सेल्सियसभन्दा माथि तापक्रम कहिल्यै पुगेको थिएन ।