काठमाडौं ।
नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र देवयानी इन्टरनेसनलबीच सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा प्रर्वद्धित एनआईबीएल म्युचुअल फण्डअन्तर्गका योजनाहरूको योजना व्थवस्थापक तथा डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेड र नेपालमा केफसी, पिजा हट तथा क्रिम बेल आइसक्रिमजस्ता अन्तर्राष्ट्रिय फुड चेन ब्राण्डहरू सञ्चालन गरिरहेको देवयानी इन्टरनेसनल नेपाल प्रालिबीच एनआईबीएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता कर्पोरेट–पे रोल सीपअन्तर्गत व्यवस्थित लगानी योजनाको लागि सम्झौतापत्रमा एक समारोहबीच हस्ताक्षर भएको हो ।
योजनाअन्तर्गत, देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीहरूले मासिकरूपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको सीपअनतर्गत लगानी गर्नेछन् । उक्त सम्झौतामा देवयनी इन्टरनेसनल नेपाल प्रालिका तर्फबाट कम्पनिका नायब महाप्रबन्धक रितुराज शाह र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले मंगलबार हस्ताक्षर गरेका हुन् ।