काठमाडौं ।
सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपाल अभियान कार्यक्रमअन्तर्गत रही इजी बैंक नामको अनलाइन प्लेटफर्म सार्वजनिक गरेको छ । यो इजी बैंक प्लेटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइटमा गई वा सोझै लिंकमार्फत ग्राहकहरूले प्रयोग गर्न सकिनेछ ।
यो प्लेटफर्ममा सिद्धार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरू एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरूले प्रयोग गर्न चाहेको डिजिटल सुविधाहरू सहजताका साथ छनौट गर्न सकिनेछ । इजी बैंक प्रयोग गरी ग्राहकहरूले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन तथा आफ्ना सिआरएन हेर्न सक्नेछन् ।
इजी बैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरू सुरक्षाको दृष्टिले अझ बढी लाभदायक रहेने बैंकको विश्वास रहेको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरूलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामी दिनहरूमा यो प्लेटफर्ममा अरु पनि बैंकिङ सेवाहरू थप गरी यस प्लाटफर्मलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य जानकारी दिएको छ ।