काठमाडौं ।
सगरमाथा इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार कम्पनीले साताको पाँचौँ कारोबार दिन बिहीबार ११ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १४ सय रूपैयाँ कायम गरेको हो ।
पछिल्लो पटक १५ सय ५४ रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको कम्पनीको बजार पुँजीकरण भने १७ अर्ब २७ करोड चार लाख ९३ हजार नौ सय ९६ रूपैयाँ पुगेको छ । नेप्सेमा भने कम्पनीको प्रतिकित्ता एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ११ करोड १३ लाख ५७ हजार चार सय रूपैयाँबराबरको एक करोड ११ लाख १३ हजार पाँच सय ७४ कित्ता सेयर सूचीकृत रहेको छ ।