काठमाडौं ।
माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिराहा जिल्लामा सिराहा शाखा कार्यालयको उद्घाटन गरी बुधबारबाट सेवा सञ्चालनमा ल्याएको छ । सिराहा जिल्लाको सदरमुकाम सिराहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको माछापुच्छ्रे बैंकका अध्यक्ष डा. बिरेन्द प्रसाद महतोे एंव सिराहा नगरपालिकाका नगरप्रमुख अशेश्वर यादवले संयुक्तरूपमा उद्घाटन गरेका हुुन् । सिराहा जिल्लाको सदरमुकाम सिराहाबजारमा खोलिएको नयाँ शाखासँगै सिराहा जिल्लामा मात्रै बैंकको छवटा शाखा सञ्चालनमा रहेको छ ।
बैंकले देशका हरेक बर्ग र समुदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ–नयाँ स्थानहरूमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखाहरूमार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरूको साथमा २४सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउँदै आएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना एक सय ६१ वटा शाखाहरू र एक सय ६५ शाखारहित बैंकिङ सेवा समेत गरी जम्मा तीन सय २६ स्थानवाट ग्राहकहरूमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर दुई सयवटा भन्दा बढी एटीएमहरू तथा पाँचवटा एक्टेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।