काठमाडौं ।
नेको इन्स्योरेन्स कम्पनीले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)ले दिएको जानकारीअनुसार नेकोले १५ दशमलव ५० प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य १४ सय २९ रुपैयाँ तोकेको हो ।
पछिल्लो पटक प्रतिकित्ता १६ सय ५० रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको नेकोको बजार पुुँजीकरण भने २५ अर्ब १० करोड ५९ लाख ५६ हजार ५० रुपैयाँ पुुगेको छ । कम्पनीको नेप्सेका भने प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्य कायम रहेको एक अर्ब ५२ करोड १६ लाख ३३ हजार सात सय रुपैयाँबराबरको एक करोड ५२ लाख १५ हजार तीन सय ३७ कित्ता सेयर सूचीकृत रहेको छ ।