काठमाडौं ।
सेयर बजार परिसुचक ओरालो लागेको छ । साताको पहिलो कारोवार दिन आज आईतबार नै बजार परिसुचक आठ दसमलव ४८ अंकले ओरालो लागेर २८ सय ३४ दसमलव ५१ अंकमा झरेको छ ।
क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ३३ अंकले ओरालो लागेर पाँच सय २८ दसमलवव ४५ अंकमा झरेको छ । आज १३ वटा उपसमुह अन्तर्गत दुई सय २४ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन् । जसबाट ६० हजार एक सय ७५ पटकको कारोवारमा कुल एक करोड आठ लाख ४२ हजार दुई सय २१ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसबाट आज कुल कारोवार रकम पाँच अर्ब पाँच करोड ३५ लाख ३८ हजार दुई सय ५७ रुपैयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोवार भएका कुल उपसमुहरु मध्ये तीन वटा उपसमुहको सुचक उकालो लागेका छन् भने बाँकी उपसमुहहरुको सुचक ओरालो लागेका छन् । जसमध्ये होटल तथा पर्यटन, अन्य र सामुहिक लगानी कोष उपसमुहहरुको सुचक उकालो लागेर बाँणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, फाईनान्स, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, अन्य, लघुबित्त र लगानी उपसमुहहरुको सुचक भने ओरालो लागेका छन् ।