लन्डन ।
म्याजेस्टिक वाइनका मालिकले नेतृत्व गरेको अमेरिकी लगानी समूहले गरेको छ अर्ब ३० करोड अमेरिकी डलरको स्वामित्व ग्रहण प्रस्ताव सुपरमार्केट चेन मरिसन्सले स्वीकारेको छ । बीबीसीका अनुसार गत महिना भने सुपरमार्केट समूहले पाँच अर्ब ५० करोड पाउन्ड स्टर्लिङमा आएको यस्तै प्रस्ताव अस्वीकार गरेको थियो । त्यतिबेला आफ्नो मूल्यांकन अत्यन्त कम गरिएको उक्त समूहले जनाएको थियो । मरिसन्सका प्रमुख एन्ड्र्यु हिगिन्सनले अहिले आएको नयाँ अफर स्वच्छ भएको बताउँदै यसले सुपरमार्केट चेन फस्टाउने दाबी गरेका छन् ।
यो चेनमा अहिले पाँच सय पसल र एक लाख १० हजारभन्दाा धेरै बेलायतमा कर्मचारी छन् । अमेरिकी निजी लगानी समूह फोट्र्रेस इन्भेस्टमेन्ट ग्रुपले मरिसन्सको स्वामित्व खरिद गर्नलागेको हो । यद्यपि मरिसन्सका सेयरधनीबाट यो प्रस्ताव स्वीकृत हुनु भने पर्नेछ । सुपरमार्केट समूहका निर्देशकहरुले भने यसका लागि बहुमत प्राप्त भएको बताएका छन् ।