काठमाडौं ।
गोल्छा ग्रुपले आइतबार टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीहरुलाई सामसङको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले एक समारोहका बीच त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट अफ मेडिसिन, प्रोफेसर डा. दिव्या सिंह साहलाई ओभन हस्तान्तरण गरेकी हुन् ।
उक्त कार्यक्रम नेपाल स्वास्थ्यकर्मी संघ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्तपाल संगठनले आयोजना गरेको थियो । कार्यक्रममा गोल्छा ग्रुपका निर्देशक सीमा गोल्छाले कम्पनीको यो सानो योगदानले कोभिड फ्रन्टलाइनका स्वास्थ्यकर्मीहरुलाई उनीहरुको खटिन पर्ने कठिन तथा व्यस्त समयलाई राहत प्रदान गर्न मद्दत गर्ने बताइन् ।